Kathmandu Press

तत्कालिन प्रधानमन्त्री ओलीसहित सबैको स्थान हद फुकुवा 

सबैको समोबारदेखि स्थानहद फुकुवा भएको जानकारी प्रवक्ता विज्ञानराज शर्माले विज्ञप्तिमार्फत दिएका छन्। आयोगको गत असोज १२ गतेको निर्णय अनुसार स्थान हद लगाइएको थियो। 
तत्कालिन प्रधानमन्त्री ओलीसहित सबैको स्थान हद फुकुवा 

काठमाडौं, पुस २१ : जेनजी आन्दोलनका घटना सम्बन्धी जाँचबुझ आयोगले जाँचबुझको दायरामा रहेका तत्कालिन सरकारका पदाधिकारीको स्थानहद फुकुवा गरेको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, तत्कालीन नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापालाई छानविन नसकिउञ्जेलसम्मका लागि स्थान हद लगाइएको थियो। 

Hardik ivf

सबैको समोबारदेखि स्थानहद फुकुवा भएको जानकारी प्रवक्ता विज्ञानराज शर्माले विज्ञप्तिमार्फत दिएका छन्। आयोगको गत असोज १२ गतेको निर्णय अनुसार स्थान हद लगाइएको थियो। 

स्थान हदको निर्णयमा विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने भनिएको थियो। 

यसअघि तत्कालिन गृहसचिव दुवाडी, पूर्व आईजीपी खापुङ, अनुसन्धान प्रमुख थापा, पूर्वप्रमुख जिल्ला अधिकारी रिजालको स्थान हद फुकुवा भइसकेको छ। 

प्रकाशित मिति: १६:२७ बजे, सोमबार, पुस २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्