Kathmandu Press

यी हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय?

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अुनसन्धान निर्देशक पदमा अुनसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय?

काठमाडौं, पुस २१ : नेपाल सरकार मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अुनसन्धान निर्देशक पदमा अुनसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ।

आज सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।

Hardik ivf

यस्ता छन्, पुष २१ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू

१. राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अुनसन्धान निर्देशक पदमा अुनसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ,
२. समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ,
३. जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ,
४. नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र स्वीकृत गर्ने निर्णय भएको छ,
५. नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ,
६. पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ,
७. वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ,
८. नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति: १५:२४ बजे, सोमबार, पुस २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्