Kathmandu Press

ओलीको स्थान हद फुकुवा

आयोगले आइतबार गुन्डुस्थित ओली निवासमै पुगेर बयान लिएको थियो। बयान सकिएलगत्तै आयोगले स्थानहद फुकुवा गरेको हो। 
ओलीको स्थान हद फुकुवा

काठमाडौं, पुस २१ : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको स्थानहद फुकुवा भएको छ। 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओलीमाथि लागेको स्थानहद जाँचबुझ आयोगले सोमबार फुकुवा गरेको हो। 

आयोगले आइतबार गुन्डुस्थित ओली निवासमै पुगेर बयान लिएको थियो। बयान सकिएलगत्तै आयोगले स्थानहद फुकुवा गरेको हो। 

बयान अघि जाँचबुझ आयोगमाथि प्रश्न उठाउँदै पूर्वप्रधानमन्त्री ओली सिंहदरबार पुगेर बयान नदिने भन्दै आएका थिए। आयोग भने जसरी पनि बयान लिने अडानमा थियो। 
 

प्रकाशित मिति: १४:३५ बजे, सोमबार, पुस २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्