कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौं : सिटौला
‘विशेष महाधिवेशन हुँदैन। हुन दिँदैनौं,’ उनले भने, ‘कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौं, कांग्रेस पार्टी फुटोस्, कमजोर होस् अनेक झगडा होस् भन्ने चाहना होला। हामी त्यो हुन दिदैनौं।’
काठमाडौं, पुस २१ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई फुट्न नदिने बताएका छन्।
सोमबार पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले अरुको चाहना कांग्रेस फुटोस् भन्ने भए पनि त्यसो हुन नदिने बता।
नेता सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने ठोकुवा पनि गरे। ‘विशेष महाधिवेशन हुँदैन। हुन दिँदैनौं,’ उनले भने, ‘कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौं, कांग्रेस पार्टी फुटोस्, कमजोर होस् अनेक झगडा होस् भन्ने चाहना होला। हामी त्यो हुन दिदैनौं।’
विशेष महाधिवेशन नहुने बताउँदै उनले केन्द्रीय कार्यसम्पादन समितिले १५औं महाधिवेशन गर्ने निर्णय गरेकाल् त्यो निर्णय हामी सबैले मान्नुपर्ने बताए। उनले क्रियाशील सदस्यता नटुंगिएकाले पुसमा नियमित महाधिवेशन हुन सकेको बताएर
‘केन्द्रीय कार्यसम्पादनले भन्यो, अहिलेको परिस्थितिमा विशेष महाधिवेशनको औचित्य छैन। नियमित १५ औं महाधिवेशन कार्यतालिका आएपछि विशेष महाधिवेशन औचित्य समाप्त भएको थियो,’ उने पुसमा गर्ने महाधिवेशन कार्यतालिका संशोधन भएर वैशाखमा पुगेको छ। पुसमा महाधिवेशन नहुनुमा क्रियाशील सदस्यता नटुंगिएको हो। महामन्त्री गगन थापाकै नेतृत्वमा यो समिति छ।’
नेता सिटौलाले अहिले प्राथमिकताको विषय आसन्न निर्वाचन भएको बताए।












