स्वास्थ्य बिमामा निर्णायक कदम चाल्ने बेला आएको छः स्वास्थ्य मन्त्री गौतम

काठमाडौं, पुस २१ : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमाको विषयमा एउटा निर्णायक कदम चाल्नु पर्ने अवस्था रहेको बताएकी छन्।
सोमबार काठमाडौंमा आयोजित वित्तिय व्यवस्थापन सम्बन्धी गोष्ठि कार्यक्रममा उनले स्वास्थ्य बिमा धेरै नै गार्हो अवस्थामा रहेको र करोडौं रुपैयाँको भुक्तानी बाँकी रहेको भन्दै यस विषयमा एउटा निर्णायक कदम नचाले बिमा कार्यक्रम अगाडि बढ्न नसक्ने बताइन्।
उनले वर्तमान सरकारले बिमा, औषधी र आपूर्ती तीन विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि जानकारी गराएकी छन्।
‘अहिले यो सरकारको प्राथमिकतामा तीन वटा कुरा राखेका छौ, त्यसमा बिमा, औषधी र आपूर्ती रहेको छ,’ उनले भनिन्, ‘बिमाको विषयमा एउटा निर्णायक कदम नचाल्ने हो भने बिमा ठिक तरिकाले चलि रहेको छैन, धेरै नै गाह्रो अवस्था छ। करोडौंको भुक्तानी बाँकी छ।’
प्रकाशित मिति: १३:५४ बजे, सोमबार, पुस २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












