Kathmandu Press

अरनिको पाँडेले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

बन्द सूचीबाट सूचीबाट आफ्नो नाम हटाउन आफूले हिजो बसेको रास्वपा केन्द्रीय समिति बैठकमा जानकारी गराएको उनले बताएका छन्।
अरनिको पाँडेले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

काठमाडौं, पुस २१ : डा. अरनिको पाँडेले पनि समानुपातिक सूचीबाट नाम फिर्ता लिएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेको उनले बन्द सूचीमा रहिरहनुको औचित्य नहरहेको भन्दै नाम फिर्ता लिएका हुन्।

बन्द सूचीबाट सूचीबाट आफ्नो नाम हटाउन आफूले हिजो बसेको रास्वपा केन्द्रीय समिति बैठकमा जानकारी गराएको उनले बताएका छन्।

‘पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरुलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

योसँगै यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ। यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिएका थिए। 
 

प्रकाशित मिति: १२:१० बजे, सोमबार, पुस २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्