Kathmandu Press

असुली समस्याले विपन्न वर्ग कर्जा घट्यो

नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असारमा ३ खर्ब ६५ अर्ब रुपैयाँ रहेको विपन्न वर्ग कर्जा २०८२ असारमा १८.८८ प्रतिशतले घटेर २ खर्ब ९६ अर्ब ९ करोड रुपैयाँमा झरेको छ। जबकि समग्र कर्जा प्रवाह भने ८.१७ प्रतिशतले बढेको छ।
असुली समस्याले विपन्न वर्ग कर्जा घट्यो

काठमाडौं, पुस २१ : असुलीमा समस्या बढेपछि बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको आकार घटाएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असारमा ३ खर्ब ६५ अर्ब रुपैयाँ रहेको विपन्न वर्ग कर्जा २०८२ असारमा १८.८८ प्रतिशतले घटेर २ खर्ब ९६ अर्ब ९ करोड रुपैयाँमा झरेको छ। जबकि समग्र कर्जा प्रवाह भने ८.१७ प्रतिशतले बढेको छ।

यो अवधिमा सबै प्रदेशमा विपन्न वर्ग कर्जा घटेको छ, जसमा मधेश प्रदेशमा झण्डै ४० प्रतिशत गिरावट आएको छ। राष्ट्र बैंकको कडाइ, लघुवित्त कर्जामा सीमा, र ऋण नतिर्ने आन्दोलनका कारण असुली कमजोर भएपछि बैंकहरू यस क्षेत्रमा लगानी बढाउन हिच्किचाएका हुन्। यद्यपि, हालै लघुवित्त कर्जाको सीमा बढाइएकाले आगामी दिनमा कर्जा विस्तार हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ११:४० बजे, सोमबार, पुस २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्