Kathmandu Press

मकवानपुर सुमो दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरूको खुल्यो पहिचान

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो आइतबार साझ भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तर्गत जुरिखेतमा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो ।
मकवानपुर सुमो दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरूको खुल्यो पहिचान

मकवानपुर, पुस २१ : मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको सुमो दुर्घटनामा ज्यान गुमाउने तथा घाइते हुनेहरूको पहिचान खुलेको छ ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो आइतबार साझ भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तर्गत जुरिखेतमा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो ।

Hardik ivf

दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार मृतकहरूमा भारत बिहार राज्य पटना बस्ने अन्दाजी ४२ वर्षीय रजनिस कुमार, मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा बस्ने अन्दाजी ४० वर्षीया सबिता लम्साल, हेटौँडा उपमहानगरपालिका–२ कान्तिराजपथ बस्ने अन्दाजी २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार राज्य बेगुसराई बस्ने अन्दाजी ४९–५० वर्षीय अरबिन्द कुमार रहेका छन् ।

यस्तै, तत्काल नाम, थर र वतन नखुलेका दुई जना पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेमा सुमो चालक हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोक बस्ने अन्दाजी ४०–४५ वर्षीय गणेश थापा, दुर्घटनामा मृत्यु भएकी सबिता लम्सालका १२ वर्षीय छोरा अभ्यास लम्साल र रौतहट चन्द्रपुर नगरपालिका–२ बस्ने २१ वर्षीया रिचा चौधरी रहेका छन् ।

गम्भीर घाइते चालक गणेश थापा र बालक अभ्यास लम्साललाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर चितवन रिफर गरिएको छ भने रिचा चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ०८:४६ बजे, सोमबार, पुस २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्