Kathmandu Press

कास्कीमा माइक्रोबस दुर्घटना हुँदा २३ जना घाइते

आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग १ ख ४०२७ नम्बरको माइक्रोबस दुर्घटना भएको प्रहरीले जनाको छ।
कास्कीमा माइक्रोबस दुर्घटना हुँदा २३ जना घाइते

कास्की, भदौ ९ : कास्कीमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित २३ जना घाइते भएका छन्। 

पोखरा महानगरपालिका–१३ आर्वास्थित मड्केल्नाको ओरालोमा आज उक्त माइक्रोबस दुर्घटना भएको हो। 

आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग १ ख ४०२७ नम्बरको माइक्रोबस दुर्घटना भएको प्रहरीले जनाको छ। 

यात्रु लिएर काहुँखोलातर्फ आउँदै गरेको माइक्रोबस मडकेल्नाको घुम्तीको ओरालो सडकको दायाँतर्फको भित्तामा ठोक्किएर दुर्घटना भएको हो। 

घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ। घाइतेको अवस्था सामान्य रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

पोखरा–१३ की ५५ वर्षीया जमुना बराल र ५२ वर्षीया कोपिला बराललाई बढी चोट लागेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:२८ बजे, सोमबार, भदौ ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्