Kathmandu Press

सगर ग्यासका तीन हजार ३० सिलिन्डर नष्ट गरियो

सगरमाथा ग्यास उद्योग प्रालिका संचालक सावरमल अग्रवालका अनुसार आफ्नो बार्षिक कार्य तालिका अनुसार बजारमा राम्रो र दुरुस्त एलपी ग्यास उपलब्ध गराउने उद्देश्यले सिलिन्डर नष्ट गरिएको हो।
सगर ग्यासका तीन हजार ३० सिलिन्डर नष्ट गरियो

काभ्रे, भदौ ८ : काभ्रेको बनेपा नगरपालिका–४ थापापाउँमा रहेको सगरमाथा ग्यास उद्योग प्रालिले उत्पादन गरिरहेको सगर ग्यासका तीन हजार ३० सिलिन्डर नष्ट गरेको छ।

मिति गुज्रिएका र हाइड्रोलिक टेष्ट फेल भएका तीन हजार बढी सगरका एलपी ग्यास सिलिन्डर आइतबार नष्ट गरिएको हो।

Hardik ivf

सगरमाथा ग्यास उद्योग प्रालिका संचालक सावरमल अग्रवालका अनुसार आफ्नो बार्षिक कार्य तालिका अनुसार बजारमा राम्रो र दुरुस्त एलपी ग्यास उपलब्ध गराउने उद्देश्यले सिलिन्डर नष्ट गरिएको हो।

‘आयल निगमको निर्देशन र नेपाल गुणस्तर तथा नापतौल विभागको मापदण्डलाई पालना गर्दै पुनः प्रयोग गर्न नमिल्ने साथै हाइड्रोलिक परीक्षणमा फेल भएका करिब ३ हजार ३० वटा सिलिन्डर यस बर्ष नष्ट गरेका हौं, हाम्रो वार्षिक कार्यक्रम अनुसार एक बर्षमा संकलित यस्ता सिलिन्डर नियमित नष्ट गर्दै आइरहेका छौं,’ अग्रवालले भने।

दैनिक सात हजार पाँच सय सिलिन्डर भर्दै(रिफिल) आइरहेको सगरमाथा ग्यास उद्योग प्रालि अन्तर्गतका ‘सगर ग्यास’का हाल साढे चार लाख सिलिन्डर बजारमा रहेको संचालक अग्रवालले जानकारी दिए।

सिलिन्डर ग्यास विस्फोट हुनुको कारण सिलिन्डरको कारण मात्र नभए रेगुलेटर र पाइप पनि प्रमुख कारण हुने उनले बताए। 

‘ग्यास विस्फोट हुनुमा सिलिन्डर मात्र दोषि हुँदैन। रेगुलेटर र पाइपमा पनि ध्यान दिनुपर्छ । हामीले प्रत्येक डिपोहरुलाई सचेत गराउँदै आइरहेका छौं। प्रज्वनशिल र संवेदनशिल वस्तु भएकाले सचेत भएर काम गर्न भनेका छौं,’ उनले भने।
 

प्रकाशित मिति: १५:०५ बजे, आइतबार, भदौ ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्