Kathmandu Press

‘जिल्ला अदालत काठमाडौंबाट मुद्दाहरू शतप्रतिशत फैसला हुँदैन्, तर प्रगति राम्रो छ’

न्यायाधीश पोखरेललका अनुसार यस वर्ष काठमाडौं जिल्ला अदालतले इतिहासमा पहिलो पटक मुद्दा दर्ता भन्दा बढि २६ हजार ७ सय ४४ वटाको फैसला गरेको छ। उनले कम मुद्दा दर्ता हुँदा सेवा प्रवाह चुस्त रहने बताए।  
‘जिल्ला अदालत काठमाडौंबाट मुद्दाहरू शतप्रतिशत फैसला हुँदैन्, तर प्रगति राम्रो छ’

काठमाडौं, असार २९ : जिल्ला अदालत काठमाडौंले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ। सो अवसरमा न्यायाधीश कमलप्रसाद पोखरेलले मुद्दा फछर्र्यौटमा अदालतको अवस्था जटिल रहेको प्रतिक्रिया दिएका छन्। 

शनिबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरुसँग अदालत संवाद कार्यक्रममा उनले काठमाडौंको तुलना काठमाडौंसँग मात्र गर्नुपर्ने भन्दै मुद्दाहरु शतप्रतिशत फैसला हुन नसक्ने बताए।

Hardik ivf

‘हाम्रो परिवेश सबैलाई थाहा छm यहाँ ७७ वटै जिल्लाका मुद्दा दर्ता हुन्छन्। मान्छे काठमाडौंमा मुद्दा दर्ता गरेर कहाँ पुग्छन् थाहा हुँदैन्। पटक(पटक म्याद बदर गर्नुपर्ने अवस्था हुन्छ। काठमाडौंको अवस्था जटिल छ, काठमाडौंको तुलना काठमाडौंसँग मात्र हुन्छ,’ उनले भने, ‘दुई सय वा दुई हजार मुद्दा हुने जिल्ला अदालतसँग तुलना गर्नै मिल्दैन । यहाँ ५० हजार मुद्दाको लगत छ।’ 

उनले देशमा १०/१५ वटा मुद्दा भएका जिल्ला, दुई तीन सय मुद्दा भएका जिल्लाहरुसँग काठमाडौं जिल्लालाई तुलना गर्दा गलत सन्देश गएको भन्दै बताए।

न्यायाधीश पोखरेललका अनुसार यस वर्ष काठमाडौं जिल्ला अदालतले इतिहासमा पहिलो पटक मुद्दा दर्ता भन्दा बढि २६ हजार ७ सय ४४ वटाको फैसला गरेको छ। उनले कम मुद्दा दर्ता हुँदा सेवा प्रवाह चुस्त रहने बताए।  

‘यस पटक इतिहासमा पहिलो पटक ५० प्रतिशत मुद्दा फछर्र्यौट गरेको छ। यो भन्दा अगाडि ५० प्रतिशत कहिलै पुगेको छैन। पहिलो पटक मुद्दा दर्ता भन्दा बढि फैसला भएको छ,’ उनले भने, ‘यस वर्ष २५ हजार ६ सय ३९ नया दर्ता भएका छन् । हामीले फैसला २६ हजार ७ सय ४४ वटा गरेका छौ। सेवा प्रवाहलाई चुस्त दुरुस्त गर्नका लागि जति मुद्दा कम भयो त्यति ध्यान दिन सक्छौं।’

कार्यक्रममा फैसला कार्यान्वयन अधिकारी धनबहादुर कार्कीले फैसला कार्यान्वयनमा जटिलता रहेपनि प्राथमिकताका साथ काम गरिरहको बताए। 

‘सुरु मुद्दामा जति कार्यविधि जटिलता छ त्यति नै फैसला कार्यान्वयनमा प्रक्रिया अपनाउनुपर्छ। बैकिङ कसुरका मुद्दाहरु धेरै कार्यान्वयनमा छन्,’ उनले भने, ‘हामीले कार्यान्वयनमा प्राथमिकता दिएका छौं र गरेका छौं। पोहोरको भन्दा १५ सय बढि फछर्यौट भएका छन्।’ 

प्रकाशित मिति: १८:३० बजे, आइतबार, असार २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्