Kathmandu Press

सुनको मूल्य तोलामा १५ सय घट्यो 

मंगलबार तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य तोलामा १५ सय घट्यो 

काठमाडौं, असार ११ : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा १५रुपैयाँले घटेको हो।

मंगलबार तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ। मंगलबार चाँदी तोलाको दुई हजार एक सय ६० रुपैयाँमा कारोबार भएको थियो भने आज आज चाँदी तोलामा २० रुपैयाँले घटेर दुई हजार एक सय ४० रुपैयाँ कायम भएको छ। 

प्रकाशित मिति: १२:३४ बजे, बुधबार, असार ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्