Kathmandu Press

देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत् सम्पूर्ण देशबासीका नाममा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरेका हुन् ।
देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, असार ७ : जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्रधानमन्त्री बालेन शाहले शुक्रबारदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् ।

राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत् सम्पूर्ण देशबासीका नाममा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरेका हुन् ।

उनले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा हुने सम्भावना औँल्याएका छन् ।

विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ । त्यसैगरी कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा समेत भारी वर्षाको आंकलन गरिएको छ ।

मौसम प्रणालीको प्रभावका कारण गण्डकीको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङ लगायत हिमाली भूभाग, बागमती र सुदूरपश्चिमका पहाडी खण्ड तथा कर्णालीको जुम्ला आसपासका क्षेत्रहरूमा बाढी, पहिरो, डुबान एवं सडक अवरोधको जोखिम उच्च रहने उल्लेख छ ।

विपद्को सम्भावनालाई मध्यनजर गर्दै सम्बद्ध निकाय तथा नागरिकहरूका लागि विशेष आग्रह गरिएको छ । बाढी, पहिरो तथा डुबानले सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले पानी परिरहेको बेला र रातको समयमा राजमार्गमा यात्रा नगर्न भनिएको छ ।

ट्रेकिङ वा हिमाली क्षेत्रको भ्रमण तालिका तय गरेका व्यक्तिहरूलाई मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न सुझाइएको छ । नदी, खोला किनार तथा पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ ।

मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने नियमित बुलेटिनहरू अवलोकन गर्न तथा सरकारी निर्देशनहरूको पूर्ण पालना गर्न भनिएको छ ।

साथै, सम्भावित विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि सम्बन्धित सम्पूर्ण सरकारी निकायहरूलाई आवश्यक पूर्वतयारी एवं प्रभावकारी समन्वयमा रहन निर्देशन दिइएको छ ।

 

प्रकाशित मिति: १८:०२ बजे, बुधबार, असोज ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्