लागतार तीन दिन बढेकाे नेप्से ३६ अंकले घट्याे
सो दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेपछि नेप्सेमा उच्च गिरावट आएको हो । अघिल्लो दिनको तुलनामा यो १.३६ प्रतिशतले घटेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय १८.०३ अंकमा उक्लेको छ ।
काठमाडाैं, असाेज ७ : सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ३६.२५ अंकले घटेको छ। अघिल्ला ३ कारोबार दिन लगातार बढेको नेप्से बुधबार सवा ३६ अंकले घटेको हो ।
सो दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेपछि नेप्सेमा उच्च गिरावट आएको हो । अघिल्लो दिनको तुलनामा यो १.३६ प्रतिशतले घटेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय १८.०३ अंकमा उक्लेको छ ।
सो दिन कारोबारमा आएकामध्ये २३ कम्पनीको सेयर मूल्य बढ्दा २५३ वटाको घट्यो । बाँकी २ कम्पनीको सेयर मूल्य स्थिर छ ।
बुधबार कुल ५७ हजार ९ सय ४७ पटकको कारोबारमा २ करोड १६ लाख २२ हजार ७ सय २८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार ७ अर्ब ५ करोड ३ लाख रुपैयाँको कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक धेरैले घटेपछि समग्र नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।