Kathmandu Press

नेप्से सामान्य अंकले बढ्यो, साढे ६ अर्बको कारोबार

आज कुल ३२५ स्टकको ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ बराबरको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर खरिद बिक्री भएको छ।
नेप्से सामान्य अंकले बढ्यो, साढे ६ अर्बको कारोबार

काठमाडौं, असार ९ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचकमा केहि सुधार भएको छ।

आइतबार ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको नेप्से सोमबार ४.७८ अंकले वृद्धिहुँदै ०.१८ प्रतिशतले बढेर २६००.७६ बिन्दुमा पुगेर रोकिएको हो। साेमबार सेन्सेटिभ इण्डेक्स ०.९७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले बढेको छ।

Hardik ivf

यद्यपि आइतबारको तुलनामा यसदिन कारोबार रकम भने घटेको छ। आज कुल ३२५ स्टकको ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ बराबरको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर खरिद बिक्री भएको छ। आइतबार ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँ बराबरको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरिदबिक्री भएको थियो।

आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र पञ्चकन्यामाई हाइड्रो पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जोशी हाइड्रो पावर कम्पनीको शेयरमूल्य यस दिन ३४.८० रुपैयाँले बढेर ३८३.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

त्यसैगरी पञ्चकन्यामाई हाइड्रोको शेयर मूल्य पनि ३४.०१ रुपैयाँले बढेर ३९५.१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै यसदिन बरुण हाइड्रो पावर कम्पनीको शेयर मूल्य करीब साढे ५ प्रतिशतले बढेको छ। 

पाँचथर पावर कम्पनीको मूल्य ५.१८ प्रतिशत बढेको छ भने राधि जलविद्युत कम्पनीको शेयर मूल्य ४.८६ प्रतिशतले बढेको छ।

यस्तै, गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ। पियोर इनर्जी र दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्य पनि क्रमशः ५.६८ प्रतिशत र ४.८९ प्रतिशतले घटेको छ।

राधप् जलविद्युत कम्पनी, बुटवल पावर कम्पनी, नाग्दी ग्रुप पावर लिमिटेड, सानीमामाई हाइड्रोपावर र हिमालयन पावर पार्टनरको शेयर आज सर्वाधिक माग भएको छ।

प्रकाशित मिति: १८:२६ बजे, सोमबार, असार ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्