Kathmandu Press

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ३० हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्ला मुसीकोट नगरपालिका, बाग्लुङ जिल्ला गल्कोट नगरपालिका र बाग्लुङ जिल्ला बडीगाड गाउँपालिकाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

काठमाडौं, असार ९ : दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज (सोमबार) देखि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ३० हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्ला मुसीकोट नगरपालिका, बाग्लुङ जिल्ला गल्कोट नगरपालिका र बाग्लुङ जिल्ला बडीगाड गाउँपालिकाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

यसैगरी, १०० रुपैयाँ अंकित दरका २ लाख ९१ हजार ९५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको हो। उक्त आईपीओका लागि असार २३ गतेसम्म आवेदन दिन सकिनेछ। 

यस आईपीओको विक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ भने आईपीओ निष्काशन, आवेदन संकलन र बाँडफाँडको सम्पूर्ण कार्यको व्यवस्थापन गर्नेछ।
 
प्रकाशित मिति: ११:१५ बजे, सोमबार, असार ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्