Kathmandu Press

नेप्सेमा भारी गिरावट, २६ सयभन्दा तल झर्‍यो 

आज ३१० स्टकको ८७ हजार ३०२ पटकको कारोबारमा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्सेमा भारी गिरावट, २६ सयभन्दा तल झर्‍यो 

काठमाडौं, असार ८ : नेप्से परिसुचकको ओरालो यात्रा कायमै छ। यसअघि लगातार तीन कारोबार दिन लगातार घटेको नेप्सेसातको पहिलो कारोबार दिन पनि नेप्से परिसूचक ३२.९३ अंक घटेर २५९५.९७ विन्दुमा झरेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ५.३८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंकले घटेको छ।

Hardik ivf

गत बिहीबार ११ अर्ब २३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३१० स्टकको ८७ हजार ३०२ पटकको कारोबारमा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरिदबिक्री भएको छ।

आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ३१.६२ रुपैयाँले बढेर ३४८.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पियोर इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन दोर्दी खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७५ करोड ७३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। 

त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको साढे ७४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको साढे ४९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशत घटेको छ। त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
 

प्रकाशित मिति: १८:२५ बजे, आइतबार, असार ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्