सुनको मूल्यमा तोलामा ९ सय बढ्यो
मंगलबार प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं, असार ४ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ९ सय रुपैयाँले सुनको मूल्यमा वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ६५ रुपैयाँले बृद्धि भई २ हजार २ सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रकाशित मिति: ११:३५ बजे, बुधबार, असार ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार