Kathmandu Press

ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरुन्तै कारवाही हुनेछ : गभर्नर डा.पौडेल

धनुषाका व्यापारीहरुले विगतमा बैंकहरुले धित्तो राखि ऋण लिएका ऋणीहरुलाई विभिन्न जटिल परिस्थिती उत्पन्न गरी धित्तो निलाम गरेको गुनासो गरेपछि गभर्नर डा.पौडेलले यस्तो निर्देशन दिए। 
ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरुन्तै कारवाही हुनेछ : गभर्नर डा.पौडेल

जनकपुर, असार २ : नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडलेले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन्।

सोमबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरुसँग छलफल गर्दै गभर्नर डा.पौडेलले ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न वहानामा ठगी गरेको पाइए सो बैंकलाई तुरुन्त कारवाही गर्ने चेतावनी दिएका हुन्। 

Hardik ivf

धनुषाका व्यापारीहरुले विगतमा बैंकहरुले धित्तो राखि ऋण लिएका ऋणीहरुलाई विभिन्न जटिल परिस्थिती उत्पन्न गरी धित्तो निलाम गरेको गुनासो गरेपछि गभर्नर डा.पौडेलले यस्तो निर्देशन दिए। 

छलफमा धनुषाका व्यवसायीहरुले कम रकमको ऋण लिन आउने साना व्यवपारी तथा किसानलाई बैंकले वास्ता नगर्ने गरेको गुनासो पोखेका थिए। सो कुरामा  गभर्नर डा.पौडेलले गम्भिरता जनाउँदै बैंकहरुलाई जोसुकै ऋण लिन आउने ग्राहकलाई स–सम्मान व्यवहार गर्न निर्देशन दिए।

उनले बैंकहरुलाई ऋण लिन आउने जोसुकैसँग राम्ररी व्यवहार गर्न र ग्रामिण भेगका किसान र अशिक्षित ग्राहकहरुका लागि विशेष दोभाषे बैंकमा व्यवस्था गर्न निर्देशन दिए।

छलफलका क्रममा मिटरब्याजका समस्या न्यूनीकरण गर्न सरकारले अपनाएका कदमहरु राम्रो भएपनि ग्रामीण भेगमा बसोबास गर्ने गरिब जनताहरुलाई विवाह भोज भतेरका लागि ऋण पाउन अझः गार्हो भएको निश्कर्ष निकालिएकोमा गभर्नर डा. पौडेलले यसको समाधानका लागि सरकारले थप नीति बनाउन आवश्यक रहेको धारणा राखे।

छलफलमा बैंकहरुका प्रतिनिधिहरुले मधेश प्रदेशमा ऋण लिनेको संख्या भन्दा ऋण लिएर तिर्न नसक्नेको संख्या बढी भएको गुनासो गरेका थिए।
 

प्रकाशित मिति: १७:३२ बजे, सोमबार, असार २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्