देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल
‘हाम्रो देशको विकासको जुन गति छ यसलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने छ। सक्दाखेरी र सक्नेजति जति यो देशको लागि योगदान गर्नुभएको छ। यो योगदान चाँही निरन्तर रुपमा रहिरहोस्,’ उनले भने।
काठमाडौं, जेठ ३० : नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक रहेको बताएका छन्।
आइएमई लिमिटेडको २५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आइएमई लिमिटेडले विगतदेखि नै देशको विकासमा योगदान गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि योगदानको निरन्तरता रहने विश्वास व्यक्त गरे।
‘हाम्रो देशको विकासको जुन गति छ यसलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने छ। सक्दाखेरी र सक्नेजति जति यो देशको लागि योगदान गर्नुभएको छ। यो योगदान चाँही निरन्तर रुपमा रहिरहोस्,’ उनले भने।
गभर्नर पौडेलले प्रायजसो कम्पनीहरु चाँडै बन्द हुने अवस्था रहेकोमा आइएमई लिमिटेड २५ वर्षसम्म चल्नुपनि ठूलो कुरा रहेको धारणा राखे।
‘हाम्रो जस्तो देशमा २५ वर्षसम्म यसरी कम्पनीहरु चल्नुपनि ठूलो कुरा हो । धेरै कम्पनीहरुको चाँडै बन्द हुन्छ,’ उनले भने।



-(7)-1765197040.jpg)








-1764753058.png)