एकै दिन ४२ सय बढ्यो सुनको मूल्य बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार १०० कायम भएको छ ।
काठमाडौं, जेठ ३० : शुक्रबार सुनको मूल्य बढेको छ। बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा चार हजार २ सय रूपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार १०० कायम भएको छ । यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।
यसैगरी आज चाँदी पनि १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलाको रु दुई हजार १६५ मा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, जेठ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार