Kathmandu Press

विदेशी मुद्रा सञ्चिति १८ अर्ब ४० करोड डलर 

तथ्याङ्क अनुसार अमेरिकी डलर सञ्चिति २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ। 
विदेशी मुद्रा सञ्चिति १८ अर्ब ४० करोड डलर 

काठमाडौं, जेठ २७ : नेपाल राष्ट्र बैंकले गत वैशाखमा कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले बढेर २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको तथ्याङ्क सार्वजनिक गरेको छ। 

यसअघि ०८१ असारमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो। तथ्याङ्क अनुसार अमेरिकी डलर सञ्चिति २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ। 

Hardik ivf

०८१ असार मसान्तमा १५ अर्ब २७ करोड डलर सञ्चिति थियो। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकले जनाए अनुसार आर्थिक वर्ष २०८१÷८२ को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। 

०८२ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः ४१.१, १२१.४ र ३३.८ प्रतिशत रहेको तथ्याङकले देखाएको छ। 

प्रकाशित मिति: १३:१० बजे, मंगलबार, जेठ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्