Kathmandu Press

सुनको मूल्य प्रतितोला २९ सय बढ्यो 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्य प्रतितोला २९ सय बढ्यो 

काठमाडौं, जेठ २० : मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Hardik ivf

अघिल्लो कारोबार दिन सोमवार सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमवार चाँदीको मूल्य १ हजार ९ सय ९० रुपैयाँ थियो। मंगलवार प्रति १० ग्राम सुनको मूल्य १ लाख ६५ हजार २ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७५३ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: १३:२६ बजे, मंगलबार, जेठ २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्