Kathmandu Press

बजेट कार्यान्वयन गराउने अर्थमन्त्रीको आश्वासन

बजेटको आकारको विषयमा अनुभवी, पुराना अर्थशास्त्री, अर्थमन्त्री, सचिवले सकारात्मक टिप्पणी गरेको र स्रोतको अनुमान ठिक छ भन्ने प्रतिक्रिया पाएको पनि अर्थमन्त्री पौडेलले उल्लेख गरे। 
बजेट कार्यान्वयन गराउने अर्थमन्त्रीको आश्वासन

काठमाडौं, जेठ १७ : अर्थमन्त्री विष्णु पौडेलले राजस्वको लक्ष्य पूरा भएन भन्ने ठाँउ नदिएको बताएका छन्। 

शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले मेहेनत गरेर पूरा गर्न सकिने खालको राजस्वको लक्ष्य भएको भन्दै लक्ष्य पूरा नहुने ठाँउ नभएको बताए। 

‘राजस्वको सन्दर्भका जुन अनुमान गरिएको छ त्यो कुरामा आँखा जुधाएर भन्न चाहन्छु, आगामी आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा राजस्वको समिक्षाको बेला राजस्वको लक्ष्य पूरा भएन भन्ने ठाँउ दिएको छैन,’ उनले भने, ‘मेहेनत गरेर पूरा गर्न सकिने खालको लक्ष्य छ । तर चुपचाप बसेर भने केही हुँदैन।’

Hardik ivf

यस्तै,  बजेट निर्माणका आधारभूत मान्यताहरुलाई पालना गर्दै सिमाभित्र रहेर बजेट निर्माण गरेको बताए। 

‘बजेटले बजेट निर्माणका आधारभूत मान्यताहरुलाई पालना गरेको छ। बजेट निर्माणको सबै विषयलाई दर्होसँग अनुशरण गरेको छ। बजेट निर्माणका सीमाहरुलाई पालना गरेको छ,’ उनले भने, ‘सीमाभित्र रहेर बजेट निर्माण भएको छ। कहाँ आम्दानी हुन्छ, कति हुन्छ र कसरी खर्च हुन्छ त्यो सबै यथार्थपरक छ। यसमा स्पष्ट हुनुहोला।’ 

बजेटको आकारको विषयमा अनुभवी, पुराना अर्थशास्त्री, अर्थमन्त्री, सचिवले सकारात्मक टिप्पणी गरेको र स्रोतको अनुमान ठिक छ भन्ने प्रतिक्रिया पाएको पनि अर्थमन्त्री पौडेलले उल्लेख गरे। 

सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटले निजी क्षेत्रलाई एकदमै प्राथमिकता दिएको बताएका छन्। 

Photo-(10)-(3)-1748691971.jpg
 

‘निजी क्षेत्रको हिसाबले भन्दै गरेको र आउनैपर्ने कुरा बजेटमा आएको छ। बजेटमा निजी क्षेत्रसँग सम्बन्धित विषयहरु सम्बोधन भएको छ,’ उनदे भने, ‘निजी क्षेत्रले दिएका कतिपय सुझाव पनि बजेटले समेटेको छ। बजेटले निजी क्षेत्रलाई एकदमै प्राथमिकता दिएको छ।’ 

उनले भविष्यमा फाइदा हुने खनिज जस्तो वातावरण नबिगार्ने वस्तु आयात गर्न मिल्नेगरि काम गर्नुपर्ने कुरा बजेटले सम्बोधन गरेको भन्दै विगतमा जस्तो कार्यान्वयन नहुने समस्या नआउने आशा गरेको बताए। 

आइटी र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको भन्दै सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट हटाएकोमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले खुशी व्यक्त गरेका छन्। 

यसैगरी कार्यक्रममा पूर्वअर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र विस्तारलगायतका विषयहरु विगतको निरन्तरता भएपनि सकारात्मक कुरालाई नकार्न नहुने भन्दै निर्यातभन्दा आयात १० गुणा बढी रहेको अवस्थामा देशलाई बदल्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए। 

प्रकाशित मिति: १७:३१ बजे, शनिबार, जेठ १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्