Kathmandu Press

आगामी आर्थिक वर्ष ९ सय मेगावाट बिजुली थपिने

‘आगामी आर्थिक वर्ष निर्माण सम्पन्न हुने जलविद्युत् आयोजनाबाट थप ९ सय मेगावाट भई कुल जडित क्षमता ४ हजार ८ सय मेगावाट पुर्‍याइनेछ,’ उनले भने।
आगामी आर्थिक वर्ष ९ सय मेगावाट बिजुली थपिने

काठमाडौं, जेठ १५ : सरकारले बजेट माफृत आगामी आर्थिक वर्ष थप ९ सय मेगावाट बिजुली थपिने जनाएको छ। 

संसदमा बजेट प्रस्तुत गदैृ अर्थमन्त्री विष्णु पौडेलले कुल जडित विद्युत क्षमता ४ हजार ८ सय मेगावाट पुर्‍याइने बताए।

‘आगामी आर्थिक वर्ष निर्माण सम्पन्न हुने जलविद्युत् आयोजनाबाट थप ९ सय मेगावाट भई कुल जडित क्षमता ४ हजार ८ सय मेगावाट पुर्‍याइनेछ,’ उनले भने।

आगामी आर्थिक वर्ष ७३२ किलोमिटर डबल सर्किट राष्ट्रिय प्रसारणलाइन निर्माण गरिने सरकारले जनाएको छ। 

यस्तै वैकल्पिक ऊर्जाको प्रयोग बढाई कार्बन उत्सर्जन घटाउने सरकारको नीति छ।

प्रकाशित मिति: १६:५२ बजे, बिहीबार, जेठ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्