Kathmandu Press

सार्वजनिक संस्थानको कुल सम्पत्ति २९ खर्ब १० अर्ब 

उनले सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ५.८६ प्रतिशतले वृद्धि भएको पनि बताए।
सार्वजनिक संस्थानको कुल सम्पत्ति २९ खर्ब १० अर्ब 

काठमाडौं, जेठ १५ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सार्वजनिक संस्थानको कुल सम्पत्ति २९ खर्ब १० अर्ब १७ करोड पुगेको जानकारी गराएका छन्। 

अर्थमन्त्री पौडेलले प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०÷८१ सम्ममा संस्थानहरूको कुल सम्पत्ति २.२० प्रतिशतले वृद्धि भएको बताएका हुन्। 

Hardik ivf

उनले सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ५.८६ प्रतिशतले वृद्धि भएको पनि बताए। सर्वेक्षण अनुसार औद्योगिक, व्यापारिक, सेवा र सामाजिक, जनउपयोगी र वित्तीय गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन्। 

यीमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका छन् भने २५ वटामा अधिकांश सरकारको लगानी रहेको छ। 

यस्तै, संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ। ०७९÷८० को तुलनामा ०.२३ प्रतिशतले घटेको छ। 

सार्वजनिक संस्थानमध्ये हाल २८ वटा मात्र नाफामा छन् भने १५ वटा घाटामा छन् । दुईवटा संस्थान भने पूर्ण रूपमा बन्द भइसकेका छन्।


 

प्रकाशित मिति: १४:५३ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्