बजेट संसदमा बिहीबार ३ बजे प्रस्तुत हुने
अर्थमन्त्री विष्णु पौडेलले भोलि बस्ने बैठकमा ३ बजे आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट प्रस्तुत गर्ने भएका हुन्।
काठमाडौं, जेठ १४ : संघीय संसद्को बिहीबार बस्ने संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएको भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले भोलि बस्ने बैठकमा ३ बजे आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट प्रस्तुत गर्ने भएका हुन्।
सदन अवरुद्ध गर्दै आएका विपक्षी दलहरूले बजेट ल्याउन भने दिने भएका छन्। संघीय संसद् सचिवालयले भोलि दिउँसो १ः४५ बजे संघीय संसद्को संयुक्त बैठक आह्वान गरेको छ।
संघीय संसद्को दैनिक कार्यसूचीमा अर्थमन्त्रीले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेस गर्ने समय अपराह्न ३ बजेलाई तोकिएको छ।
त्यसअघि दिउँसो १ः३० बजे सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।
अर्थमन्त्री पौडेलले बजेटअघि नै प्रतिनिधिसभामा दिउँसो १ः३० मा र दिउँसो १ः४५ बजे राष्ट्रियसभामा ‘आर्थिक वर्ष २०८१÷८२ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित दैनिक कार्यसूची पनि तय भएको छ।
संसद् सचिवालयले सबै सांसदहरुलाई २ः४५ बजेअगाडि नै संयुक्त सभाको बैठकको लागि प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन भनेको छ।