Kathmandu Press

‘लगानी बोर्डले सौर्य उर्जासँग सम्बन्धित आयोजना अध्ययन अगाडि बढाउने’

बिहान र बेलुकाको समयमा उर्जाको अत्यन्तै खपत आवश्यक पर्ने अवस्थामा प्राप्त प्रस्तावलाई बोर्डले स्वीकृत गरेर अध्ययनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बोर्डका सिइओ सुशील ज्ञवालीले जानकारी दिए। 
‘लगानी बोर्डले सौर्य उर्जासँग सम्बन्धित आयोजना अध्ययन अगाडि बढाउने’

काठमाडौं, जेठ १३ : लगानी बोर्डको सौर्य उर्जासँग सम्बन्धित आयोजना अध्ययनको प्रस्तावलाई स्वीकृति दिने निर्णय गरेको छ। 

मंगलबार बसेको बैठकले बिहान र बेलुकाको समयमा उर्जाको अत्यन्तै खपत आवश्यक पर्ने अवस्थामा प्राप्त प्रस्तावलाई बोर्डले स्वीकृत गरेर अध्ययनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बोर्डका सिइओ सुशील ज्ञवालीले जानकारी दिए। 

‘सौर्य उर्जासँग सम्बन्धित आयोजना अध्ययन गर्ने कुरामा करिब एक हजार मेघावटको अध्ययन गर्ने गरेर निजी क्षेत्रले प्रस्ताव गरेको थियो। ब्याट्री इस्टोरेज प्रोजेक्ट जसले गर्दा पिक लोडका समयमा उर्जाको अत्यन्तै खपत आवश्यक पर्ने अवस्थामा उर्जाको प्राप्त नहुने अवस्था थियो,’ उनले भने, ‘त्यसलाई समाधान गर्ने गरेर प्राप्त प्रस्तावलाई बोर्डले स्वीकृत गरेर अध्ययनको प्रकृया अगाडि बढाउने निर्णय भएको छ।’
 

प्रकाशित मिति: २०:३० बजे, मंगलबार, जेठ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्