Kathmandu Press

मधेश प्रदेश सांसद सिंहका स्वकीय सचिव भ्रष्टाचार आरोपमा पक्राउ

कायस्थलाई आयोगको टोलीले जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सरस्वती टोलबाट सोमबार दिउँसो पक्राउ हो । 
मधेश प्रदेश सांसद सिंहका स्वकीय सचिव भ्रष्टाचार आरोपमा पक्राउ

धनुषा, जेठ १३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई भ्रष्टाचार आरोपमा नियन्त्रणमा लिएको छ।

कायस्थलाई आयोगको टोलीले जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सरस्वती टोलबाट सोमबार दिउँसो पक्राउ हो । 

Hardik ivf

आयोगका अनुसार सांसद सिंहले विभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाई ती समितिका खातामा आएको रकम आफ्ना स्वकीय सचिवमार्फत झिकाएर आफू र श्रीमतीको व्यक्तिगत खातामा जम्मा गराए थिए।

कायस्थको खातामा समेत सरकारी रकम जम्मा गराई दुरुपयोग गरिएको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

स्वकीय सचिव कायस्थ पक्राउपछि आयोगले सांसद सिंहले प्रयोग गर्दै आएका विद्युतीय उपकरणहरू पनि नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
 

प्रकाशित मिति: १९:२३ बजे, मंगलबार, जेठ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्