Kathmandu Press

 नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

बुधबार बिहान उनले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
 नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

काठमाडौं, जेठ ७ : नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार बिहान उनले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई गभर्नर नियुक्त गरेको थियो। उनी नेपाल राष्ट्र बैंकका १८औं गभर्नर हुन्। 

उनले आजै बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने छन्। 

प्रकाशित मिति: ११:५४ बजे, बुधबार, जेठ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्