Kathmandu Press

‘बजेट प्राथमिकताका साथ खर्च गर्दा परिणाममुखी काम गर्न सकिन्छ’

डा.महतले सरकारको पहिलो काम विनियोजन खर्चलाई पूनःसंरचना गरी परिणाममुखी बनाउनुपर्ने बताए। 
‘बजेट प्राथमिकताका साथ खर्च गर्दा परिणाममुखी काम गर्न सकिन्छ’

काठमाडौं, जेठ १ : पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले बजेट प्राथमिकताको आधारमा खर्च गर्नुपर्ने बताएका छन्। 

बिहीबार बजेटको पूर्वतयारी छलफलमा बोल्दै उनले बजेटलाई प्राथमिकताका साथ खर्च गर्दा परिणाममुखी काम गर्नसक्ने बताएका हुन्। 

Hardik ivf

‘अब हामीले वास्तविकताका साथ भन्नुपर्छ यती हाम्रो स्रोत छ यसलाई प्राथमिकताका साथ यो आधारमा खर्च गर्छौ जति खर्च गर्छौ परिणाममुखी काम देखाउँछांै । तर सबै गर्न सक्दैनौ तर प्राथमिकताको आधारमा खर्च गर्यौ भने सडक लगायतका योजना कहाँ मात्र गर्ने, अनिवार्य रुपमा उत्पादन हुने, पर्यटनको आगमन हुने ठाउँमा सडक बन्नुपर्यो,’ उनले भने, ‘तर एउटै पालिकामा १० ओटा पक्कि बाटो बनाउछौ भन्दा सकिँदैन। त्यसकारण बजेट प्राथमिकीकरण गरेर परिणाम सहित खर्च पनि गरी प्रतिफल निकाल्न सकिन्छ।’ 

डा.महतले सरकारको पहिलो काम विनियोजन खर्चलाई पूनःसंरचना गरी परिणाममुखी बनाउनुपर्ने बताए। 

यस्तै, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अर्थतन्त्रको पुनसंरचना गरी उत्पादनमूलक अर्थतन्त्र बनाउन आवश्यक रहेको बताए। 

‘हाम्रो अर्थतन्त्रको पुनसंरचना गर्नुपर्छ । हामीले उत्पादनमूलक अर्थतन्त्र बनाउने गरी आफ्नो नीति तथा कार्यक्रम बनायौं भने मात्र हामी अगाडी बढ्नुपर्छ,’ उनले भने, ‘हामी नीतिगत रुपमा प्रष्ट हुन आवश्यक छ । हामीले चालु खर्च पनि घटाउन पर्छ त्यो नगरे अहिलेको अर्थतन्त्रले हाम्रो संरचनालाई धान्दैन।’ 

प्रकाशित मिति: २१:४० बजे, बिहीबार, जेठ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्