Kathmandu Press

लगातार पाचौँ दिन पनि नेप्सेमा गिरावट, कारोबार ७ अर्बमा झर्‍यो

आज ८२ कम्पनीको शेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ भने एउटा स्थिर अवस्थामा छ।
लगातार पाचौँ दिन पनि नेप्सेमा गिरावट, कारोबार ७ अर्बमा झर्‍यो

काठमाडौं, जेठ १ : लगातार पाँचौं दिन पनि नेप्से परिसूचकमा गिरावट आएको छ। निरन्तर घटिरहेको नेप्से परिसूचक आज ८.४१ अंकले घटेर २६११ं८५ को विन्दुमा कायम भएको छ।

बिहीबार ३२० कम्पनीको एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर ७८ हजार ४९३ पटक खरिदबिक्री हुँदा सात अर्ब आठ करोड ३३ लाख ४८ हजार २४०.६३ रुपैयाँ कारोबार भएको छ।

आज ८२ कम्पनीको शेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ भने एउटा स्थिर अवस्थामा छ।

१३ वटा समूहगत परिसूचकमध्ये चार समूहको मूल्य बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ। आज होटल समूहको परिसूचक सबैभन्दा बढी वृद्धि भएको छभने विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी घटेको छ।

होटल तथा पर्यटन समूहको सबैभन्दा धेरै ४.९१ प्रतिशत बढेको छ भने व्यापार ०.७० प्रतिशत बढेको छ ।

यस्तै, विकास बैंक समूहको सेयर सबैभन्दा धेरै २.१२ प्रतिशत घट्दा बैंकिङ ०.३०, फाइनान्स ०.७९, हाइड्रोपावर ०.६५, लगानी ०.०४, जीवन बीमा ०.४१, उत्पादन ०.४५, माइक्रोफाइनान्स ०.०६, निर्जीवन बीमा ०.४० तथा अन्य १.१४ प्रतिशतले घटेका छन्।

साताको कारोबारको अन्तिम दिन ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो भने उपकार लघुवित्तको ९.६२, बाराही हाइड्रोपावरको ८.९४, सोल्टी होटलको ८.०५, नेपाल माइक्रोइन्स्योरेन्सको ५.२४ प्रतिशत मूल्य बढेको छ।

 

प्रकाशित मिति: १७:५८ बजे, बिहीबार, जेठ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्