Kathmandu Press

बजेट निर्माण गर्दा सांसदका सुझावबाट निर्देशित हुने अर्थमन्त्रीको प्रतिबद्धता

जनताका आकांक्षालाई सम्बोधन गर्न समृद्धि तर्फ पाइला चाल्न पनि बजेट अनुशासन पालना गर्नुपर्ने बताउँदै उनले नीति तथा कार्यक्रमसँग मेल खानेगरी बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको र त्यसपछि बजेट आउने बताए।
बजेट निर्माण गर्दा सांसदका सुझावबाट निर्देशित हुने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं, वैशाख ३१ : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा संघीय संसद्मा सांसदहरूले प्रि–बजेट छलफलमा राखेका विषयवस्तु तथा सुझावबाट निर्देशित हुने प्रतिबद्धता जनाएका छन्।

राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले बजेट अनुशासनमा फर्किनुपर्ने बताए। 

Hardik ivf

‘प्रि–बजेट छलफलमा सांसदहरूबाट गहकिला सुझाव आउनेछन् र आगामी बजेट निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशासहित विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको हो । सांसदहरूले दिनुभएको सुझावलाई आफूले बजेट निर्माणका क्रममा ख्याल गर्नेछु र निर्देशित हुनेछु,’ उनले भने।

जनताका आकांक्षालाई सम्बोधन गर्न समृद्धि तर्फ पाइला चाल्न पनि बजेट अनुशासन पालना गर्नुपर्ने बताउँदै उनले नीति तथा कार्यक्रमसँग मेल खानेगरी बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको र त्यसपछि बजेट आउने बताए।

बजेट निर्माणका सन्दर्भमा सांसदहरूले व्यक्त गरेका चिन्ता, सुझाव र विचार निरर्थक नहुने पौडेलको भनाइ थियो। उनले संसद्बाट प्राप्त सुझावलाई बजेट निर्माणका क्रममा ख्याल गर्ने र सोही सुझावबाट निर्देशित भएर बजेट निर्माण हुनेमा विश्वस्त हुन आग्रह गरेका थिए।

‘सांसदहरूले दिनुभएका सुझाव, टिप्पणी र केही अपेक्षा अभिव्यक्त भएका छन्। यहाँहरूले गर्नुभएको चिन्तन, दिनुभएको सुझाव र व्यक्त गर्नुभएको विचार निरर्थक हुँदैन । हामीले बजेट निर्माणका सन्दर्भमा एउटा प्रणाली स्थापित गरेका छौं। जनताले तिरेको करको सदुपयोग कसरी गर्ने भन्ने विषयमा निर्णय गर्ने अन्तिम अधिकारी जनप्रतिनिधि हुन्, जनप्रतिनिधिमूलक संस्था हो,’ उनले भने।


वित्त सन्तुलन र बजेट अनुशासनमा फर्कन नसक्ने हो भने जनताका आकांक्षा पनि सम्बोधन नहुने र समृद्धितर्फ पाइला चाल्नसमेत नसकिने अर्थमन्त्री पौडेलको भनाइ छ। 

प्रकाशित मिति: १७:१९ बजे, बुधबार, वैशाख ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्