Kathmandu Press

दोहोरो अंकले घट्यो नेप्से

विकास बैंक समूह ०.८८, जीवन बीमा ०.५ र उत्पादन तथा प्रशोधन समूह ०.३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। 
दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, वैशाख ३० : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट भएको छ। आज नेप्से परिसूचक १४.८७ अंकले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को बिन्दुमा कायम भएको छ।

३१४ कम्पनीको दुई करोड १८ लाख २८ हजार दुई सय ३१ कित्ता शेयर एक लाख दुई हजार चार सय ४५ पटक खरिदबिक्री हुँदा नौ अर्ब ६३ करोड ४८ लाख १२ हजार छ सय १२ रुपैयाँ बराबरको कारोबार भएको छ।

विकास बैंक समूह ०.८८, जीवन बीमा ०.५ र उत्पादन तथा प्रशोधन समूह ०.३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। 

बैंकिङ ०.३०, वित्त १.९१, होटल तथा पर्यटन २.२१, जलविद्युत् १.१८ र लगानी समूह ०.७९ प्रतिशतले घटेको छ। त्यसैगरी, लघुवित्त ०.६९, म्युचुअल फन्ड ०.१८, निर्जीवन बीमा समूह ०.५९, व्यापार २.४६ र अन्य समूह ०.६० प्रतिशतले घटेको छ ।

आजको कारोबारमा क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७.९३ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज युनिभर्सल पावर कम्पनी लिमिटेड सबैभन्दा माथि छ। 

प्रकाशित मिति: १७:०९ बजे, मंगलबार, वैशाख ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्