Kathmandu Press

मलेसियन सांसदसँग संसदीय प्रक्रियाकाबारे अनुभव आदानप्रदान

बैठकमा सांसद वामदेव गौतमले मलेसियन सांसदहरुबाट त्यहाँको अनुभव सुन्न पाउँदा धेरै खुसी लागेको बताए। 
मलेसियन सांसदसँग संसदीय प्रक्रियाकाबारे अनुभव आदानप्रदान

काठमाडौं, वैशाख ३० : विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मलेसियाका सांसदहरुसँग संसदीय प्रक्रियाकावारे अनुभव आदानप्रदान भएको छ। 

मंगलबार बसेको राष्ट्रिय सभा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मलेसियाका सांसदहरुसँग संसदीय प्रक्रियाको अनुभव आदानप्रदान गरिएको हो। 

बैठकमा मलेसियाकी सांसद रोदजिया बिन्ती इस्माइलले आफू महिला बालबालिकासँग सरोकार राख्ने समितिमा आवद्ध रहेको भन्दै नेपालको तुलनामा लैङ्गीक हिसाबले मलेसियामा महिलाको कम प्रतिनिधित्व रहेको बताइन्। 

Hardik ivf

कसरी महिला र बालबालिका सम्बन्धी विषयहरुलाई अझ शसक्क्त रुपमा समितिमा उठाउन सकिन्छ र अगाडि बढाउन सकिन्छ भन्ने यतिबेलाको मुख्य चुनौती रहेको उनको भनाइ छ। 

‘महिला बालवालिकासँग सरोकार राख्ने समितिमा छु। लैंगिक हिसाबले हाम्रो प्रतिनिधित्व नेपालको तुलनामा केही कम रहेको छ। हाम्रो चुनौती भनेको कसरी महिला र बालबालिका सम्बन्धी विषयहरुलाई अझ शसक्क्त रुपमा समितिमा उठाउन सकिन्छ र अगाडि बढाउन सकिन्छ भन्ने यतिबेलाको चुनौती हो,’ उनले भनिन्।

यस्तै, उनले मलेसियामा तल्लो सदनमा महिला सांसदहरुको प्रतिनिधित्व पछिल्लो कार्यकालमा २४ प्रतिशत रहेको तर अहिले घटेर साढे १३ प्रतिशतमा झरेको जानकारी गराइन्।

उनले नेपालको प्रदेश सभा र संघीय संसदमा भएको महिलाको प्रतिनिधित्वबाट धेरै कुरा आफूहरुले सिक्न सक्ने विश्वास व्यक्त गरिन्। 

‘तल्लो सदनमा यतिबेला महिला सांसदहरुको प्रतिनिधित्व पछिल्लो कार्यकालभन्दा केही घटेको छ । पहिलो कार्यकालमा २४ प्रतिशत महिला हुनुहुन्थ्यो तर अहिले साढे १३ प्रतिशतमा झरेको छ । यो हाम्रो चिन्ताको कुरा हो । यहाँको प्रदेश सभा र संघीय संसदमा भएको महिलाको प्रतिनिधित्वबाट धेरै कुरा हामीले सिक्न सक्छौं भन्ने लागेको छ।’ 

त्यस्तै बैठकमा सांसद वामदेव गौतमले मलेसियन सांसदहरुबाट त्यहाँको अनुभव सुन्न पाउँदा धेरै खुसी लागेको बताए। 

त्यस्तै अर्का सांसद बुद्धी तामाङले दुई देशबीचको अनुभव आदानप्रदानले दुबै देशको विकासमा सहयोग पुग्ने धारणा राखे। 
 

प्रकाशित मिति: १५:११ बजे, मंगलबार, वैशाख ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्