प्रतिनिधिसभाको आजको बैठक २ बजेलाई सारियो
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिए बैठक चल्न नदिने विपक्षी दलहरूले कायमै राखेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठक २ बजेका लागि सारेको हो।
काठमाडौं, जेठ २० : दलहरुबीच सहमति नभएपछि आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि राखिएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिए बैठक चल्न नदिने विपक्षी दलहरूले कायमै राखेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठक २ बजेका लागि सारेको हो।
सदनमा देखिएको गतिरोध अन्यका लागि सभामुख देवराज घिरिलले दलहरुसँग छलफल गरिरहेका छन्। उनले आजै प्रमुख तीन दलका प्रमुख सचेतकसँग छुट्टाछुट्टै र चार दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गरेका थिए। तर, सहमति भने भउको छैन।
आजबाट प्रतिनिधिसभामा बजेटमाथि छलफल हुने कार्यकातालिका छ।
प्रकाशित मिति: १३:३८ बजे, मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार