प्रमुख दलसँग छलफल गर्दै सभामुख घिमिरे
आजै बिहान प्रमुख तीन दलका प्रमुख सचेतकहरुसँग छुट्टाछुट्टै छलफल गरेका सभामुख घिरिमेले अहिले रास्वापासहित प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
काठमाडौं, २० : सदनमा देखिएको गरिरोध अन्यतका लागि सभामुख देवराज घिमिरेले छलफललाई तिब्रता दिएका छन्।
आजै बिहान प्रमुख तीन दलका प्रमुख सचेतकहरुसँग छुट्टाछुट्टै छलफल गरेका सभामुख घिरिमेले अहिले रास्वापासहित प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानविन हुनुपर्ने र राजीनामा दिनुपर्ने मागसहित संसद अवरुद्ध गर्दै आएका छन्।
आजदेखि संसदमा बजेटमाथिको छलफल सुरु हुँदैछ। प्रतिपक्षी दलहरुले राजीनामा नआएसम्म संसद चल्न नदिने बताउँदै आएका छन्।
आज ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अहिलेसम्म सुरु हुन सकेको छैन।
प्रकाशित मिति: १३:१० बजे, मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार