Kathmandu Press

शीर्ष दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

सभामुख घिमिरेले मंगलबार बिहान प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन्। 
शीर्ष दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

काठमाडौं, जेठ २० : संसदमा देखिएको गतिरोध अन्त्यको प्रयासका लागि सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचतेकहरूसँग छुट्टछुट्टै छलफल गरेका छन्। 

सभामुख घिमिरेले मंगलबार बिहान प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन्। 

Hardik ivf

लगत्रै उनले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र उमालेका प्रमुख सचेतक महेश बर्तौैलासँग छलफल गरेका छन्।

प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानविन हुनुपर्ने र राजीनामा दिनुपर्ने मागसहित संसद अवरुद्ध गर्दै आएका छन्।

आजदेखि संसदमा बजेटमाथिको छलफल सुरु हुँदैछ। प्रतिपक्षी दलहरुले राजीनामा नआएसम्म संसद चल्न नदिने बताउँदै आएका छन्।

प्रकाशित मिति: १२:०८ बजे, मंगलबार, जेठ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्