Kathmandu Press

गभर्नर नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए। 
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं, जेठ २० : अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिटमा आज (मंगलबार)अन्तरिम आदेशका लागि सुनुवाइ हुँदैछ। 

गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए। 

गभर्नर नियुक्ति विरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो। 
 
प्रकाशित मिति: १०:१८ बजे, मंगलबार, जेठ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्