Kathmandu Press

विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब, सरकारको खातामा ३ खर्ब ७१ अर्ब नगद मौज्दात

गत असारको तुलनामा चैतसम्म विदेशी मुद्रा सञ्चिति १८.९ प्रतिशतले बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ।
विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब, सरकारको खातामा ३ खर्ब ७१ अर्ब नगद मौज्दात

काडमाडौं, वैशाख २८ : गत चैतसम्म मुलुकको कुल विदेशी मुद्रा सञ्चिति करिब साढे २४ खर्ब रुपैयाँ नाघेको छ। 

गत असारको तुलनामा चैतसम्म विदेशी मुद्रा सञ्चिति १८.९ प्रतिशतले बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ। २०८१ असारमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो।

यसले १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।

यस्तै, अमेरिकी डलरमा गत असारमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिति चैतसम्म १५.४ प्रतिशतले बढेर १७ अर्ब ६३ करोड पुगेको छ।

यस्तै, चालु आर्थिक वर्षको ९ महिनासम्म सरकारको खातामा ३ खर्ब ७१ अर्ब ७९ करोड रुपैयाँ बराबर नगद मौज्दात ाष्ट्र बैंकले जनाएको छ। २०८१ असार मसान्तमा ती खातामा ९३ अर्ब ९६ करोड मौज्दात थियो ।

प्रकाशित मिति: १९:३२ बजे, आइतबार, वैशाख २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्