Kathmandu Press

दोहोरो अंकले घट्यो नेप्से

आज तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक खरिद बिक्री हुँदा १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, वैशाख २८ : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ११.५३ अंले घटेर २६५० दशमलव ११ को बिन्दुमा कायम भएको हो।

आज तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक खरिद बिक्री हुँदा १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

विकास बैंक समूह १.२७, होटल तथा पर्यटन ६.५०, जीवन बिमा ०.३१, निर्जीवन बिमा ०.०६ र व्यापार समूह ०.२० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। 

बैंकिङ ०.५१, वित्त तीन दशमलव ७२, जलविद्युत् १.२६, लगानी १.५५, उत्पादन तथा प्रशोधन ०.३९, लघुवित्त ०.०९ र म्युचुअल फण्ड ०.२८ प्रतिशतको गिरावट देखिएको छ।   

आजको कारोबारमा नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य ७.४५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ६६ करोड १० लाख ७० हजार बराबरको कारोबार भएको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १५ लाख ६१ हजार ८७१ कित्ता शेयर खरिद बिक्री भएको छ।

प्रकाशित मिति: १५:५७ बजे, आइतबार, वैशाख २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्