Kathmandu Press

विनियोजन र कार्यान्वयनबीचको खाडललाई पुर्ने कोशिसमा छु : मन्त्री पौडेल

विनियोजन र कार्यान्वयनबीचको खाडललाई पुर्ने कोशिसमा छु : मन्त्री पौडेल

काठमाडौं, वैशाख २७ : अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र कार्यान्वयनबीचमा भएको ठूलो खाडललाई पुर्न कसिएको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा उनले विगत वर्षका बजेटहरुले विनियोजन र कार्यान्वयनबीच खाडल बनाएको भन्दै अर्थ मन्त्री खाल्डो झन् खन्न होईन पुर्न कसिएको बताए। 

Hardik ivf

‘विनियोजन र कार्यान्वयनको बीचमा ठूलो खाडल छ । यो खाडल खनेपछि खाडल भई नै हाल्छ। खनेकै खाडल हो। हामीले विगत वर्षका बजेटहरुलाई हेरौं, हामीले खाडल खन्यौ कि खनेनौ। ७ हजार योजनामा ११ हजार योजना थप्यौं, यो भन्दा उत्कृष्ट विनियोजन संसारमा खोज्न जान पर्छ,’ उनले भने, ‘यस्तो उत्कृष्ट विनियोजनको अति उत्कृष्ट कार्यान्वयनको उदाहरण खोज्न पनि कतै जानु पर्ला त। त्यसकारण म के आग्रह गर्न चाहान्छु भने अहिले अर्थ मन्त्री खाल्डो खन्न होईन पुर्न कसिएको छ र यसमा तपाईहरुको साथ चाहिएको छ।’

अर्थमन्त्री पौडेलले संविधानले निर्धारण गरेको अधिकारको सूचीभित्र रहेर बजेट निर्माण गर्ने एउटा चुनौती सिर्जना भएको पनि बताए।

‘म अर्थमन्त्री संविधानको सिमाभित्र बस्न तयार हुनुपर्छ । एउटा चुनौती हामी आफंैले के सिर्जना गरेका छौं भने संविधानले निर्धारण गरेको अधिकारको सूचीभित्र रहेर बजेट निर्माण गर्न, अथवा विनियोजित कुशलताको कुरा गर्न हामी सक्छौ कि सक्दैनौ भन्ने पनि प्रश्न छ,’ उनले भने।

दशक दशकमा पनि पूरा नहुने बहुवर्षिय योजना रहेको भन्दै त्यसको दायित्व कति हुन्छ र त्यसको व्यवपसथापन कसरी गर्ने भन्ने कुराको पनि समस्या रहेको उनको भनाई छ।  

प्रकाशित मिति: १८:१२ बजे, शनिबार, वैशाख २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्