Kathmandu Press

एकै दिन ५३ सयले बढ्यो सुनको मूल्य 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार ३ सयले बढेर एक लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। 
एकै दिन ५३ सयले बढ्यो सुनको मूल्य 

काठमाडौं, वैशाख २३ : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। 

अघिल्लो दिनको तुलनामा प्रतितोला ५ हजार ३ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Hardik ivf

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार ३ सयले बढेर एक लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

यसअघि सोमबार सुन तोलाको एक लाख ८४ हजार ६ सयमा कारोबार भएको थियो।

आज चाँदी मूल्य पनि बढेको छ। सोमबार १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलामा १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 
 

प्रकाशित मिति: ११:४९ बजे, मंगलबार, वैशाख २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्