Kathmandu Press

९.६२ अंकले घट्यो नेप्से

अघिल्लो दिन नौ अर्बमाथिको कारोबार भएकोमा सोमबार सात अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ।
९.६२ अंकले घट्यो नेप्से

काठमाडौं, वैशाख २२ : धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घटेर कारोबार भएको छ। सोमबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा बन्द भएको छ।

नेप्सेसँगै कारोबार रकमपनि घटेको छ। अघिल्लो दिन नौ अर्बमाथिको कारोबार भएकोमा सोमबार सात अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सिटिजन्स सुपर ३० म्युचुअल फन्डको इकाई पनि १० प्रतिशतले बढेको छ । हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ।

आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको सेयर मूल्य घटेको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सेयर मूल्य स्थिर छ।

आज कारोबारमा आएका १३ मध्ये तीन समूहको परिसूचक बढेको छ। 

यसरी परिसूचक घट्नेमा माइक्रोफाइनान्स, म्युचुअल फन्ड र निर्जीवन बिमा समूहको परिसूचक बढेको छ। 

प्रकाशित मिति: १६:१० बजे, सोमबार, वैशाख २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्