Kathmandu Press

सम्भावना नभएका परियोजना खारेज हुने

विकास निर्माणमा देखा परेका कमीकमजोरी सुधारका लागि विकासको ढाँचा, गति र प्रवृत्ति परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सम्भावना नभएका परियोजना खारेज हुने

काठमाडौं, वैशाख १९ : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रममा निर्माणाधीन तथा निर्माण गर्नुपर्ने योजनाका लागि सम्भावना नभएका परियोजना खारेजी गर्ने बताइएको छ। 

यस्तै, विकास निर्माणमा देखा परेका कमीकमजोरी सुधारका लागि विकासको ढाँचा, गति र प्रवृत्ति परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

Hardik ivf

नीति तथा कार्यक्रममा परियोजना पुनरावलोकन गरी समयतालिका निर्धारण गर्ने र निर्माणाधीन तथा निर्माण गर्नुपर्ने उल्लेख छ।

यस्तै, उद्यमशिलतामैत्री शिक्षाको नीति अपनाई श्रम क्षेत्रमा रहेको सीपयुक्त श्रमशक्तिको अभाव सीपहिन जनशक्ति जगेडा रहने अवस्थाको अन्त्य गर्ने भनिएको छ। यसका लागि हालको पाठ्यक्रम, सिकाइ र अध्यायपन विधिमा व्यापक सुधार गर्ने कार्यक्रममा उल्लेख छ। 

सरकारको नीति तथा कार्यक्रममा उद्यमशिलतको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जन वृद्धि गर्ने प्रतिबद्धता समेत जनाइएको छ। 

प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, वैशाख १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्