सुनचाँदीको मूल्य घट्यो
आइतबार १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोवार भैइरहेको छ ।
काठमाडौं, वैशाख १५ : सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो ।
आइतबार १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोवार भैइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार २० रुपैयाँले घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति: १३:२९ बजे, सोमबार, वैशाख १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार