Kathmandu Press

सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो

आइतबार तोलामा एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो

काठमाडौं, वैशाख ८ : सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ। नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो।

आइतबार तोलामा एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज स्थानीय बजारमा चाँदी प्रतितोला रू एक हजार नौ सय ६० मा कारोबार भइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: १३:०२ बजे, सोमबार, वैशाख ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्