Kathmandu Press

राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई गभर्नर बनाउने समझदारी भएको थियो। 
राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौं, वैशाख ५ : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले शुक्रबार पदबाट राजीनामा दिएका छन्। 

डा. भट्ट गभर्नरको चर्चामा छन्। प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई गभर्नर बनाउने समझदारी भएको थियो। 

Hardik ivf

सरकारले अर्थमन्त्री विष्णु पौडेलका नेतृत्वको गभर्नर सिफारिस समिति गठन गरिसकेको छ। उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा.विश्व पौडेल सदस्य छन्। 

समितिले भट्टसहित तीन जनाको नाम मन्त्रीपरिषदमा पठाएपछि गभर्नर नियुक्तिका लागि निर्णय हुनेछ। 
 

प्रकाशित मिति: १३:०४ बजे, शुक्रबार, वैशाख ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्