सुनको एकै पटक ३६ सय बढ्यो, फेरि नयाँ रेकर्ड
बिहीबार नेपाली बजारमा सुनको मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं, वैशाख ३ : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढेको छ। यो सँगै सुनको मूल्य नयाँ रेकर्ड बनाएको छ।
बिहीबार नेपाली बजारमा सुनको मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार २७ सय रुपेयाँ बढेर सुनको मूल्य १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो।
अमेरिका र चीनबीच व्यापारिक युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो । सोही प्रभाव नेपाली बजारमा परिरहेको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले वृद्धि भएको छ। बिहीबार चाँदी तोलामा १९६० रुपैयाँ तोकिएको छ।
प्रकाशित मिति: ११:२७ बजे, बिहीबार, वैशाख ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार