Kathmandu Press

सात अंकले बढ्यो नेप्से

आज ३२९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री भएको छ। जसमा
सात अंकले बढ्यो नेप्से

काठमाडौं, वैशाख ३ : बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.०१ अंकले  बढेको छ। योसँगै नेप्से २६९६.२३ विन्दुमा कायम भएको छ। 

आज ३२९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री भएको छ। जसमा सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार नेप्सेले जनाएको छ। 

Hardik ivf

वित्त समूहको उपसूचक ०.६७, होटल तथा पर्यटन समूह ०.१६, लगानी ०.३५, उत्पादन तथा प्रशोधन ०.१६, लघुवित्त ०.०६ र अन्य समूहको उपसूचक १.०७ प्रतिशतले घटेको छ। अरु सबै समूहको उपसूचक बढेको छ। 

सबैभन्दा बढी जलविद्युत् समूह १.६३ र विकास बैंक समूह १.११ प्रतिशतले बढेको छ। यस्तै, बैंकिङ ०.३९, जीवन बिमा ०.०५, म्युचुअल फण्ड ०.३६, निर्जीवन बिमा ०.५५ र व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ।
  
आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ६.८१ प्रतिशतले घटेको छ।
 

प्रकाशित मिति: १६:३२ बजे, बुधबार, वैशाख ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्